भूपदेव माली,,
राजविराज, ०७ भाद्र ।
विभिन्न क्षेत्र एवं तहका नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वका नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा आज प्रवेश गरका छन् । आईतवार जनता समाजवादीका केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रम वीच प्रवेश गरेका ८८ जना नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
नव प्रवेशी नेता एवं कार्यकर्ताहरुलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय महनथ ठाकुर र उपेन्द्र यादव केन्द्र स्तरका बरिष्ठ नेताहरु अशोक राई, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतकाले भव्य स्वागत गर्नु भएको छ ।
विप्लव नेतृत्वका केन्द्रिय कमाण्डका तत्कालिन शैन्य कमाण्डर जीवन लामा(जीमी) को नेतृत्वमा विभिन्न जिल्लाका नेता, कार्यकर्ता प्रवेश गरेका कुरा जसपा केन्द्रिय कार्यालयका सचिव रंजित निश्पक्षले जानकारी गराए । यसरी नै विप्लव माओवादी ब्यूरो सदस्यहरु प्रल्लाद फूयाँल(जिवन), रौतहट जिल्लाका पूर्व सेक्रेटरी गोपाल जिम्बा लगायत सिन्धुली, धादि·, नुवाकोट, दोलखा, काठमांडौ, पर्सा,बारा, मकवानपुर, चितवन, काभ्रेका विभिन्न तहका नेता कार्यकर्ताहरु प्रवेश गरेको सचिव निष्पक्षले बताए ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयूक्त विज्ञप्तीमा नव प्रवेशी नेता–कार्यकर्ताहरुलाई सक्रृय र शान्तिपूर्ण शसक्त राजनीतिकको लागि स्वागत् गर्दै शुभकामना सहित उल्लेख गरिएको छ ।