भूपदेव माली,
राजविराज, २१ असोज ।
नहनुमाननगर कंकालिनी नगरपालिकामा नवरात्री पूजाको लागि भव्यताका साथ कलशस्थापना गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाँको भारतसँग जोडिएको बोर्डर स्थित रहेको दुर्गा मन्दिरमा बिहीवार विधिवत् कलशस्थापना गरिएको हो ।
सो वडाका कुमारी कन्या, तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्ही तथा भारतीय गाउँहरु बथनाहा, हरिहपुर, कुनौली सहितका ठाउँबाट आएकी कुमारी कन्या सहित एक हजार एक कलशको स्थापनाको गरिएको छ । स्थानीय दुर्गा मन्दिरबाट शुरु भएको कलश यात्रा सो वडाको करिब ४ किलोमिटरको बाटो परिक्रमा गर्दै सप्तकोशी नदीमा जल भरेर पुनः सोही मन्दिरमा आएर कलश स्थापना गरिएको हो ।
२ हजार भन्दा बढीको सख्यामा निकालिएको कलश शोभा यात्रामा बाजा गाजा सहितका मोटर गाडीहरु तथा मैथिली संस्कृति झल्किने लोक नृत्य समेत कलाकारले प्रस्तुत गरेका थिए भने सयौंको संख्यामा सहभागी स्वयंसेवकहरुले सानी सानी कुमारी कन्या सहित सहभागीहरुलाई सघाएका थिए संगै नेपाल प्रहरी सहित हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रहरीले पूर्ण रुपले सुरक्षा प्रदान गर्नुका साथै शान्ति सुव्यवस्था प्रदान गरेका थिए ।
कलश यात्रामा सामाजिक विकास मन्त्री नवल किशोर साह “रामबाबु”, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेस कुमार साह, उपप्रमुख सरिता यादव, वडा नं. १ का वडा अध्यक्ष भिमराज मंडल, वडा नं १४ का वडा अध्यक्ष सत्य नारायण यादव, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, नेपाल राष्ट्रिय शिंक्षक मंचका राष्ट्रिय उपाध्यक्ष दिनेश यादव सहितका व्यक्तिहरुको पनि सहभागीता रहेको थियो । https://youtu.be/3jXCXuyKKUg https://youtu.be/3jXCXuyKKUg
गत वर्ष ठाउँको अभाव व्यवस्थाको अभाव रहेकोले सो स्थानमा समाजिक विकास मंत्री नवल किशोर साहले मंदिर अगाडी भव्य धर्मशाला र सोही अगाडी मधेशका मसिहा गजेन्द्र नारायण सिंहको प्रतिमा सहित नेपाल भारत मैत्री द्वार निर्माण गरिएकोले स्थानियहरुको निम्तोमा मेयर तथा मंत्री द्वारा नवरात्र पूजामा विशेष सहयोग तथा सहभागिता रहेको स्थानिय वडा अध्यक्ष सत्यनारायण यादवले जानकारी गराए ।