भूपदेव माली,
राजविराज, १५ असोज ।
सप्तरीको हुनमाननगर कंकालिनी नपा १ भारदहका अपाङ्गहरुलाई के.भि.एस द्वारा ब्याग वितरण गरिएको छ ।
यू.एस.आई.डि. को सहयोग एल.डब्ल्यू. आर. नेपालसँग सम्बयमा कोशी पिडित समाज द्वारा १२ जना अपाङ्गहरुलाई वितरण गरिएको सो कार्यक्रम वडा कार्यलयको भवनमा सम्पनन गरिएको हो ।
वडा नं. १ का वडा अध्यक्ष भिमराज मण्डलको हातबाट वितरण गरिएको सो कार्यक्रममा के.भी.एसका कर्मचारी बिरेन्द्र साह, माँ कंकालिनी सि.डि.एम.सी का सचिव शम्भु कुमार मंडल लगायतको उपस्थिती रहेको थियो ।
यू.एस.आई.डि.को लागो मार्का रहेको सो ब्याग ठूलो आकार तथा बलियो दर्जाको ब्याग रहेको हुदां प्राप्त गरिएको अपाङ्गहरुले खुशी ब्यक्त गरेका थिए ।