भूपदेव माली,
राजविराज, २० भाद्र ।
नेपाल कम्यूनिष्ट पार्टी एमाले सप्तरीको अगुवा कार्यकर्ता भेला आईतवार राजविराजमा सम्पन्न भएको छ ।
जिल्ला कमिटि अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा सम्पन्न सो भेलामा जिल्लाका हजारौं नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
जिल्ला समन्वय समितिका सभामा सम्पन्न सो भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पार्टीका स्थायी कमिटि सदस्य तथा प्रदेश सभा सदस्य सत्य नारायण मंडलले भने ‘नेपाललाई सिंगापुर बनाउने तथा कथित नेताहरुले नेपाली जनताको झुप्रो बनाउन सकिएन तर पार्टीलाई फोड्ने कार्य गरेको भन्दै एमाले सरकारलाई ढालेर बुर्जुवा पार्टी कांग्रेसको प्रधानमंत्रीमा सरकार बनाउने नेपाली जनतालाई घोका दिएको’ बताउनु भयो । वहाँले भने ‘यि नेताहरुको गलत मनोवृतिका कारण देशमा स्थायी रुपमा विकास हुन सकेन, सुकुम्वासी जनताले जग्गा पाउन सकेन केपी शर्मा ओलीले नेतृत्व गरेको दुई तिहाई कम्यूनिष्ट सरकार ढल्न गएको’ बताउनु भयो ।
कार्यक्रमको विचविचमा सांस्कृतिक कार्यक्रम समेतको रन्जु ठाकुरले ‘कम्यूनिष्टको सरकार ढालेर नेपालमा गैर राष्ट्रवादी कांग्रेस सरकारले नेपालमा एम.सि.सि. ल्याएर नेपाल राष्ट्रलाई ध्वस्त पार्न खोजेको बताउदै वर्तमान यो सरकार विदेशीको इसारामा राष्ट्रघाती कार्यहरु गर्न थालिएको बताउनु भयो ।
जिल्ला कमिटिका सचिव देवनाथ यादवले मंच संचालन गरेको सो भेला कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेका पार्टीका प्रदेश कमिटि सहईन्चार्ज तथ सांसद सुमनराज प्याकुरेलले भने ‘राजा महेन्द्र पश्चात देशमा दिगो विकास ओली सरकारले गरेको’ भन्दै ‘ देशको प्रत्येक वडाहरुमा स्वास्थ्य केन्द्रको व्यवस्थाप गर्नु, हरेक गाउँटोलमा सडक पुर्याउनु हुलाकी मार्ग, मध्य पहाडी मार्ग , हिमाली मार्ग रेल मार्ग तथा प्रत्येक प्रदेशहरुमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका योजनाहरु ल्याएर कार्यान्वयन गरि रहेको अवस्थामा देश तथा जनताको विकास हेर्न नचाहने गद्दारहरुले मिलेर सरकारलाई ढालेको सत्य जनता सामु छर्लङ्ग भईसकेको बताउनु भयो ।