भूपदेव माली,
राजविराज, १९ भाद्र ।
सप्तरीका विद्यालयहरु आईतवार देखि क्रमशः खुल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ को अवस्था आकलन गरी स्वास्थ्य सुरक्षाको पूर्ण व्यवस्था मिलाएर विद्यालय खोल्न सकिने निर्णय स्थानीय तहको जिम्मा दिएकोले सप्तरीको स्थानीय तहले विद्यालयहरु संचालन गर्न अनुमति दिएकोले विद्यालयहरु खुल्न थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको अध्यक्षतामा मिति ०७८।०५।१७ गते बसेको बैठक द्वारा निर्णय भए बमोजिक कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका स्मार्ट लकडन सम्बन्धी कार्यविधि २०७८ को आधारमा प्रत्येक विद्यालयहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी विद्यालयहरुमा पठनपाठन गर्न सकिने तर सोको अनुगमन स्थानीय सरकार द्वारा गरी रहने शर्तमा जिल्लाका प्रायः नगर तथा गाउँपालिकाले विद्यालय संचालन गर्न पाउने अनुमति दिन थालेकाले विद्यालयहरु खुल्न थालिएको छ ।
जिल्लाका कतिपय नगर तथा गाउँपालिकाले सो सम्बन्धी निर्णय गरी सूचना प्रकाशन गरी सकेको छ भने कतिपयले अनुमति दिने क्रममा रहेको छ ।