भूपदेव माली,
राजविराज, १८ भाद्र ।
स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी सप्तरीका विद्यालयहरुमा पठनपाठन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको जिल्ला संकट ब्यवस्थापन केन्द्रमा मिती २०७८।५।१७ गते प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको अध्यक्षतामा जिल्ला समन्वय समिति सप्तरी, स्थानीय तह सबै तथा नेपाल प्याब्सन, नेशनल प्याब्सन र प्याब्सन सहितको बैठक द्वारा सो निर्णय गरी श्री जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रसंग सम्बन्धित सबै कार्यालयहरुलाई जानकारी गराएको हो ।
जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव सहित जिल्लाका सम्पूर्ण स्थानिय तहको प्रतिनिधिहरुको रोहवरमा भएको सो निर्णयमा जिल्लाका सप्पुर्ण गाउँ तथा नगर पालिकाहरुले आआफ्नो क्षेत्रको कोभिड जोखिमको स्थितीलाई आकलन गरी सो आधारमा स्वास्थ्य सुरक्षा व्यवस्थाको व्यवस्थापन र कोभिड–१९ तेश्रो लहरको व्यवस्थाको पूर्ण तयारी साथ विद्यालय तथा कलेजहरु खुलाउन निर्णय गरिएको छ ।
निर्णयमा कोभिड–१९ सक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडन सम्बन्धी कार्यविधि खुलाउन स्थानिय तहको जिम्मा दिएको निर्णयमा उल्लेख छ ।