भूपदेव माली,
राजविराज, ०६ भाद्र ।
भाईबहिनीको प्रेमको प्रतिक मानिने हिन्दुहरुको पर्व रक्षा बन्धन देशभरि नै सम्पन्न भएको छ ।
जनै पुर्णिमाका दिन दिदीबहिनीले दाजु भाईलाई रक्षा बाधेर आफ्नो रक्षा गरु भन्ने उदेश्यले मनाउने यो रक्षा बन्धन खासगरी नेपालका तराईबासीले भव्य रुपमा मनाईरहेको हो
छोरी चेलीहरु टाढाटाढाबाट भएपनि आफ्नो माईती पुगेर दाजुभाईलाई रक्षा बन्धन पर्वलाई सकारात्मकता पुर्याएको छ । कोभिड १९ महामारीको यस विकराल अवस्थामा पनि बाहनहरु खचाखच भरिएर भएपनि भाईबहिनीको गहिरो प्रेमलाई उजागर गरिएको उदाहरण दिएको छ । आजको यो पर्वले
परम्परागत रुपमा पुरोहित द्वारा रक्षा बन्धन बाधिने यो पर्वले विस्तारै पुरोहितको हातबाट मात्र नभई दिदी बहिनीको हातबाट बाँधिने चलन प्रख्यात हुदै गएको सडक, चौराहा र बाजारमा आईतवार निस्केका ब्रतालुहरुको भिडले पुष्टि गरेको छ ।
भोली सोमवार सम्म चल्ने यो पर्व भाई बहिनीकको अगाध प्रेमको प्रतिक मात्र नभई उत्कृष्ट संस्कृतिको पहिचान पनि हो ।
शनिवार देखि नै दिदीबहिनीले आफ्नो माईती तिर प्रस्थान गर्न लाग्दा सडक तथा यात्रुवाहकहरुमा घुईचो लागेको थियो ।