भूपदेव माली,
राजविराज, ०३ गते ,चैत्र ।
सप्तरीको भलुवा टोलमा शुक्रवार पर्खाल झर्दा एक जना यूवकको दबिएर मृत्यु भएको छ ।
हनुमाननगर कंकालिनी नपा १ सत्यदेव यादवको शौचालय नजिक खाल्टो खनिरहेको अवस्थामा एक यूवक माथि नजिकै रहेको ट्वालेट प्यान सहित ईटाको ढलान फर्स अकस्मात झर्दा सो दिवाल मूनि दबिएर काम गरिरहेका युवक
हनुमाननगर कंकालिनी नपा ३ पोर्ताहा बस्ने उपेन्द्र मंडलको २२ बर्षिय छोरा रामजन्म मंडलको मृत्यु भएको छ ।
सत्यदेव यादवको चर्पीको हौद – खाल्टो ज्यालादारीको रुपमा खनिरहदा पुरानो चर्पीको प्यान भएको छत झर्दा मृतकको शरीर माथि परेको हुदा तत्काल मृतक सिकिस्त भएको थियो र उपचारका लागी भारदह अस्पताल पुर्याउन ढिलो भएकोले मृत्यु भएको मृतकका आफन्तले बताए।
भारदह अस्पताल बाट थप उपचारका लागि सुनसरीको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउंदा पनि पैसाको अभावले समयमा भर्ना गराउन नसक्दा मण्डलको मृत्यु भएको मृतकका पत्नी ले बताए। सत्यदेव यादवको परिवारले उपचार गर्नुपर्ने कार्यमा ढिलो कन्जुस्याइँ गरेकाले मण्डलको मृत्यु भएको सिकिस्त भएको मण्डललाई उपचारका लागि धरान लैजांदा साथै गएकी मृतकका भाउजुले बताउनुभयो।
यद्यपि घटनाको सूचना पाउना साथ इलाका प्रहरी कार्यालयका प्रमुख पप्पु झाको टोली घटना स्थलमा पुगेर उपचार गर्ने प्रक्रिया एवं बाटो सहज बनाका थिए ।