भूपदेव माली,
राजविराज, ०८ माघ ।
भारदहको कंकालिनी भगवती मन्दिरबाट आज भव्य श्रीरामको रथ शोभा यात्रा परिक्रमा गरेको छ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका वडा नम्बर १ का युवाहरूद्वारा निकालिएको श्रीरामको रथ शोभा यात्रा भारदह बजार परिक्रमा गर्दै वडा नं १ का गल्लीगल्ली परिक्रमा गरिएका छन्।
भारतको अयोध्या स्थित राम जन्मभूमि एवं बाबरी मस्जिदको ५०० वर्ष पुरानो विवाद टुङ्गिएर सो स्थानमा भव्य राम मन्दिरको उद्घाटन तथा मन्दिरभित्र स्थापित रामललाको वाल स्वरुप मुर्तिमा आज प्राणप्रतिष्ठा गर्ने अवसरमा सो रामको रथ शोभा यात्रा गरेका हुन्।
सोही अवसरमा कंकालिनी भगवती मन्दिर विकास समितिले सांझ १००८ दिप प्रज्ज्वलन गरेका छन्। यसरी नै श्रीरामको मूर्तिमा प्राण प्रतिष्ठा अनुष्ठान भएको अवसरमा मन्दिर विकास समितिको आयोजनामा हिजो देखि भोलिसम्मका लागि ४८ घण्टासम्म अष्टयाम संकिर्तन भईरहेको छ। आज भारदह क्षेत्र राममयी भएको देखिएको थियो।