भूपदेव माली,
राजविराज, ०३ भाद्र ।
सप्तरीमा मुस्लिमहरुको मोहरम गस्ती द्वारा एक हिन्दु युवक माथि गरिएको आक्रमणको घटना प्रति राष्ट्रिय एकता अभियानले भत्सर्ना गर्दै दोषी माथि कार्वाहीको माँग गरेको छ ।
जिल्लाको तिलाठी कोईलाडी गापा बस्ने अजय मण्डललाई घरबाट राजविराज तर्फ गईरहेको अवस्थामा मुस्लिमहरुको एक जथाले मोहरमको झण्डी गस्ती खेलीरहेकाहरुले आक्रमण गरी शिकिस्त घाईते पारेको घटनाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले सो विहीवार विज्ञप्ति जारी गरिएको हो ।
जारी विज्ञप्तिमा मुस्लिमहरुले पर्व मनाउने नाममा तालिवानी शैलीमा हातहतियार बोकेर अन्य धर्मालम्बीमाथी आक्रमण गरि नेपालमा आंतक फैलाउन चाहेको उल्लेख गर्दै धार्मिक पर्वको नाममा हिंसक क्रियाकलाप बन्द गर्न र दोषी माथि कानुनी कार्वाहीको माँग गरेको छ ।