भूपदेव माली
भदौ २१ गते, सप्तरी।
मधेसका मिथिला क्षेत्रमा चौरचन पर्व निष्ठाका साथ सम्पन्न भएको छ।
भाद्रपद महिनाको शुक्लपक्षको चतुर्थी तिथिको गणेश चतुर्थी सँगै चौर्चन पर्व पनि मैनाइने मैथिल परम्पराअनुसार चौरचन पर्व सम्पन्न भएको हो।
चर्चन पर्वलाई चौठ पर्व पनि भनिने चलन छ। यो पर्वमा चन्द्रदेव लाई पूजा अर्चना गरिने परम्परा रहेको छ। यस दिन ब्रतालु महिलाले खिर ,पूडी ,केरा,दही, तथा अन्य फलफुल द्वारा चौठको चन्द्रदेवलाई पूजा गरी परिवारजनलाई सो परिकारहरु प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ। खासगरी माटोको नयाँ भाडोमा दही पार्ने चलन रहेको यस पर्व मनाउनुको अभिप्राय कलंक मुक्त हुनु नै हो। भनिन्छ व्यक्तिमाथि लागेका कलङ्क बाट दोषमुक्त हुन्छ।
व्रत गर्दा बर्तालुहरूले दिनभरि निराहार (उपवास) बसी साँझमा चन्द्रलाई दर्शन गरेपछि चन्द्रदेवलाई विभिन्न परिकारहरु को अर्ध चढाएपछि मात्र अन्न ग्रहण गर्ने गरिन्छ।
हिन्दु धर्म अन्तर्गतका मिथिला लोक संस्कृति अन्तर्गत रहेको प्रकृति पूजाहरू मध्ये सूर्यदेवताको पूजा ‘छठ पूजा’ र चौरचन ‘चन्द्रदेवको पूजा’ चौरचन पर्व प्रति मिथलाबासीको असाध्य निष्ठा रहेको हुनाले यो पर्व प्राय: सम्पूर्ण मिथिलाका हिन्दुहरूले मनाइन्छन्।
चौरचन पर्वको बारेमा ब्रह्मण पुराण, महाभारत आदिमा भाद्र शुक्लपक्षको चौथो दिन चन्द्रमालाई हेर्दा दोष लाग्छ भन्ने उल्लेख भएको आधारमा नै यस दिन चन्द्रदेवलाई पूजा आराधना गर्दा मान्छे मिथिया दोषबाट मुक्त हुने विश्वास ले गर्दा यो पर्व प्रचलनमा आएको देखिन्छ।