शिव कुमार शाह लहान , श्रावण २७ ।
अहिले विश्वलगायत हम्राे मुलुक पनि कराेनाकाे तबाहिमा रहेको छ । यस वाट बच्नलाई बचनलाई विभिन्न स्थानीय निकायले सतर्क रहेको देखिन्छ । यस्तै भारत सँग टाँसिएर रहेको सिरहाको भगवानपुर गाउँपालिकाले उच्च सतर्कता अपनाए छ । प्रशासकीय अधिकृत दिलिप कुमार यादवले कोरोना भाईरस वाट गापा वासिलाई बचाउन आफैले हाट बजार समिति, सराेकारवला पक्ष सँग निरन्तर छलफल गरि ब्यवस्थापन गराउन आफैले ठाउँ ठाउँमा पुगे पछि स्थानीय वासिन्दा खुशी भएर अधिकृत यादवकाे प्रसंसा गरिरहेका छन् ।
यस वाट जोगिन गाउँपालिका भरि पुर्णरुपमा उच्च सतर्कताका साथ बन्द घोषणा गरेको छ। अति आवश्यक काम काज बाहेक घर बाट निस्किन नहुन गाउँ पालिका अध्यक्ष बेचन प्रसाद यादवले गापा वासिलाई अनुरोध गरेको छ । श्रावण २७ गते देखि १० दिन सम्म बन्दकाे घोषणा गरेकाे छ । समाजिक दुरी कायम गरी बिहान् ८ बजे देखि दिउँसो ११बजे सम्म अति आवश्यक औषधी पसल ,किराना पसल खोल्ने र जनसमुदाय लाई कठिनाइ नपर्ने गरी गाउँ पालिकामा पसलहरु खुला राख्ने र समाजिक भोज भतेर को साथै कुनै राजनीति दलका कार्यक्रम गर्न , सामुहिक भेला कार्यक्रम पुर्ण रूपमा बन्द गर्ने निर्णय गरेको कुरा गाउँ पालिका अध्यक्ष बेचन यादवले बताए।
भारतमा कोरोना संक्रमित भएको र हाम्रो गापाकाे सिमा भारत रहेकोले यस गाउँ र समुदायमा संक्रमित हुने उच्च जोखिम रहेको अध्यक्ष यादवले बताए।यस महामारीबाट बाच्न गाउँपालिकामा बदाबन्दीको घोषणा गर्नु परेको गाउँ पालिकाको प्रसासकिय अधिकृत दिलीप कुमार यादवले जानकारी दिनु भयो । गाउँ पालिका भित्र रहेका पसल , सर्बसाधारणहरुले आलटाल गरेमा कानुन बमोजिमकाे सजाई गरिने छ । स्थानीय सुफल यादव भन्नु हुन्छ अब बल्ल याे गापाले ईमानदार ,विकास प्रेमी हाकिम पाएकाे छ । वहाँ सबै सँग मिलिजुली ठाेस विकासको काम गरिरहेकाे छ ।
यति भएपनि नेपाल र भारतको खुल्ला बोडर रहेको कारण दुबै देश आवत जावत क्रम जनसमुदाय स्तरमा नरोकिए पछि डरलाग्दो अवस्था हुन्छ । लकडाउन लाई कडाइ गरेर राम्रो गरेकाे कुरा नेकपाकाे चिर परिचित नेता रामशंकर यादवले जनाउनु भयाे । वहाँले थपनु भयाे यसकाे लागि दुबै देशकाे सिमामा खटिएका सुरक्षाकर्मिले ईमानदारी निभाउनु पर्छ अनि मात्र हामी सुरक्षित हुन्छौं ।