भूपदेव माली,
राजविराज ३१ साउन ।
कोशी कोलोनीमा शनिवार भारत तथा नेपालका झण्डोतोलन गरिएको छ । सप्तरीको हनुमाननगर कंंकालिनी नपा १ स्थित कोशी प्रोजेक्टको क्याम्पमा भएको सो भण्डोत्तोलन भारतको ७४ औं अवसरमा गरिएको हो । भारततर्फबाट भारदह कोशी डिभिजनका कार्यपालक अभियन्ता अरुण कुमार द्वारा भारतको झण्डा र शसस्त्र प्रहरी बेश क्याम्पका इन्सपेक्टर धिरज कुमार गुरुङ्ग द्वारा नेपालको झण्डोत्तोलन गरिएको सो कार्यक्रमकको अवसरमा भारतको तर्फबाट कोशी प्रोजेक्टका कनिय अभियन्ता राकेश रोशन, सहायक अभियन्ता विद्याशंकर बर्मा, ई. धिरेन्द्र कुमार, ई. नविन कुमार, अजय कुमार सिन्हा, जितेन्द्र कुमार, राकेश कुमार मंडल लगायत कर्मचारीहरु थिएभने झण्डोतोलन पश्चात सलामी दिन नेपाल शसस्त्र बलका प्रहरी जवानहरु थिए ।
विहान १०ः०० बजे (भारतीय समय) मा सम्पन्न भएको सो कार्यक्रममा झण्डोतोलन पश्चात दुवै देशमा राष्ट्रगान गाउनुको सँगै नेपाल भारत मैत्री, अमर रहोस भन्ने नारा लगाएको थियो ।
१५ अगस्तको स्वतन्त्रता दिवस र २६ जनवरीको गणतन्त्र दिवसको अवसरमा हरेक वर्ष यस प्रकारको झण्डोतोलन कार्यक्रमको आयोजना भईरहने परम्परा कोशी नदी सम्झौता पश्चात देखि नै प्रारम्भ भएको कार्यालय अभियन्ता अरुन कुमारले बताए ।