भूपदेव माली,
राजविराज, ०२ भाद्र ।
प्रशासन द्वारा सप्तरीको भारदह बाजार बन्द राख्न कडाई गरिएको छ । जिल्ला निषेधाज्ञा लागु भएपनि बाजारका कतिपय पसल खुल्ला रहदै आएको र कतिपय पसलेहरु लुकीछिपी ब्यापार चलाउने गरेको हुँदा यस्ता ब्यापारीहरु माथि प्रशासनको ध्यानाकर्षण भएको छ । हनुमाननगर कंकालिनी नपा अन्तर्गत भारदह बाजारमा एक व्यापारी कोरोना पोजिटिभ भएको हुदा प्रशासनले बाजारको पसलहरु बन्द राखिने नीति अपनाएको हो ।
भारदह बाजार देशको मूल राजमार्ग र राजविराज सडक खण्डको जक्सन(चौराहा) सँग आवद्ध हुदा लगभग नौ–दश गाउँका ब्यपारिक केन्द्र भएकोले यस बाजारमा किनबेच गर्नेहरुको अधिक भिडभाड हुने हुदाँ पसलहरुमा भिडकै कारण अरुबाट व्यापारीलाई कोरोना पोजोटिभ भएको सम्भावित जोखिम स्थितीलाई स्थानिय प्रशासन द्वारा नियन्त्रण गर्न प्रयास गरेपनि फलफूलका पसललाई बन्द गर्न सकेको छैन । फाटफूट कृषि बाजार पनि लाग्ने गरेको देखिएपनि सामाजिक दुरी एवं मास्क प्रयोगमा प्रशासनको पहल सराहनीय देखिन्छ ।
भोली मंगलवार कोरोना पोजिटिभ ब्यापारीका परिवारजन्यलाई , कन्ट्रयाक ट्रेसिङ्गसँगै पि.सि.आर परिक्षण गरिने नगरपालिका स्वास्थ्य शाखा अधिकृत राजेश्वर रायले जानकारी गराए ।
सोही क्रममा भारदह बाजार स्थित रहेका श्री लक्ष्मी व्यापार संघले बैठक द्वारा बुधवार विहान ५ः०० बजेदेखि रातीसम्म ९ गते सम्मका लागि बाजार क्ष्ोत्र पूर्णतया बन्द गरिने निर्णय गरेका छन् । सो बैठकमा व्यापार संघका अध्यक्ष कुन्दन कुमार मण्डल सहित सम्पूर्णए सदस्यहरु, वडा नं. १ का वडा अध्यक्ष भिमराज मण्डल, वडा ३ का वडा अध्यक्ष विजय यादव र इलाका प्रहरी कार्यालय भारदहका प्रमुख धन बहादुर खडगा सहितको उपस्थिती रहेको थियो ।
हनुमाननगर कंकालिनी नपामा कोरोना संक्रमणमा अकस्मात तिव्र बृद्धि हुदाँ नगर जोखिम बन्दै गएको छ । नगरमा मंगलवार पी.सी.आर परिक्षणको रिपोर्टमा एकै परिवारका ८ जना सहित नगरमा ११ जना नर्या कोरोना संक्रमित भेटिएको छ । वडा नं. १, ७ र ९ मा एक–एक जना गरी जम्मा ११ जना कोरोना पोजिटिभ भएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।
सप्तरीमा ९६ महिला सहित संक्रमितको संख्या ६८३ पुगेको छ ।
जिल्ला दिनानुदिन संक्रमितको संख्या बढदै जादा जोखिमलाई नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिले मंगलवार एक बैठक द्वारा ३ गते देखि १५ गते राती सम्म पूनः निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । यस अघि २० श्रावण देखि भदौं २ गते सम्मका लागि जिल्लाको सम्पूर्ण क्षेत्रभरि निषेधाज्ञा जारी गरिएको थियो ।