मधेश न्यूजसम्वाददाता,
जनकपुरधाम २६ कार्तिक ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ स्थित कृष्ण मन्दिरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कराँते संघ प्रदेश नं. २ का अध्यक्ष एवं गोपाल यूवा समिति नेपाल जनकपुरका अध्यक्ष बैजनाथ यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नं. २ का सभामुख सरोज कुमार यादव रहेका थिए ।
दिपावली तथा छठ पर्वको अवसरमा सम्पन्न सो कार्यक्रम गोपाल युवा समिति नेपालको आयोजनामा सम्पन्न भएको थियो ।
लगभग दुई सय पचास जना भन्दा वढी मानिसहरुको उपस्थिती रहेको सो कार्यक्रममा विहिष्ट अतिथीको रुपमा प्रदेश सभासदस्य रामअशिष यादव रहेका थिएभने अतिथीहरुमा प्रदेश नं. २ का मुख्यमंत्री कार्यालयका प्रमुख स्वकीय सचिव जितेन्द्र कुमार यादव, बि.बि.सी पत्रकार बृज कुमार यादव, धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेव यादव सहित रहेका थिए ।
देश र जनतामा यादव बंशी यूवाहरुको योगदान एवं भूमिका विषयमा आधारित सो शभकामना आदानप्रदान कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष रमेश यादव, सचिव ललित यादव, कोषाध्यक्ष रामह्दय यादव, सदस्यहरु सुनिल यादव, लक्ष्मेश्वर यादव, संतोष यादव, टिका प्रसाद यादव लगायत सो समितिका ३०१ सदस्यहरुको सहयोग रहेको थियो ।
‘नेपालको मधेशमा रहेका गोपालबंशी (यादव बंशी) यूवाहरुको राष्ट्र र समाज प्रति रहेको योगदान, बलिदान एवं कर्तव्य परायन्ताको भूमिका सराहनीय रहेको ईतिहास छ, गोपाल बंशी यूवाहरुले हरेक क्षेत्रका महत्वपूर्ण कार्यहरु इमान्दारीता साथ गरेका छन् ।’
प्रमुख अतिथीको आसनबाट बोल्दै सभामुख यादवले अगाडी भन्नु भयो –‘समाजमा रहेका विकृतिहरुलाई हटाउँदै एक स्वच्छ समाज निर्माण कार्यलाई अगाडी बढाउन सदैव तत्परता देखाउदै राष्ट्रलाई गौरवमयी बनाउने कार्यहरु गरेका छन् र आउँदा दिनहरुमा पनि आफ्नो उत्तम कार्य सक्रियता तथा इमान्दारीताको परिचय दिने अपेक्षा राख्दछु ।’ बताउनु भयो ।