जितेन्द्र यादव
राजविराज, १६ पौष ।
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीमा विकासको किर्तिमान कायम गर्दै पुनः सप्तरीमा दुई वटा भवनको उद्घाटन गरेका छन्। मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयद्वारा सप्तरीको राजगढ गाउँ पलिका वाडा न ६ ईनरुवा फकिरा र सखडा मन्दिर प्ाङ्गणमा निर्मित २ वटा भवनहरुको उदधाटन मन्त्री साहले गरेका हुन्।
सामाजिक विकास मन्त्री तथा सप्तरी १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नवल किशोर साहले राजगढ गाउँ पलिका वाडा न ६ ईनरुवा फकिरामा नवनिर्मित मदरसतुल बनात जामिया रियाजुल उलुम र सखडा मन्दिर प्ाङ्गणमा बनेको धर्मशाला नवनिर्मित भवनको उदधाटन गर्नुहुदै यस
भवनले समाजमा हुने विभिन्न प्रकारका सार्वजनिक कार्यक्रमहरु गर्न एवं समाजका विभिन्न आयामहरुमा सहयोग पुग्ने वताएका छन।
यसै सन्दर्भमा मदरसामा छात्र छात्रा को लागि रहेका सुबिधा हरु सिलाई कटाई र कमप्युटर ल्याबको व्यवस्था रहेको छ नेपालो विज्ञान अङ्गरेजी गणित उरदु अरबी पढाइन्छ मदरसा का अध्यक्ष जिसमुल खान ले बताएका छन ।
सम्पन्न उद्घाटन समारोह कार्यक्रम राजगढ गाउँ पलिका वाडा न ६ ईनरुवा फकिरा का विशिष्ट अथिति र अध्यक्षता ईरसाद खान को उपस्थिति मा भएको थियो ।