जितेन्द्र यादव
राजविराज, १५ पौष ।
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीमा विकासको किर्तिमान कायम गर्दै पुनः सप्तरीमा दुई वटा सामुदायिक भवनको उद्घाटन गरेका छन्। मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयद्वारा सप्तरीको अग्निसाईर कृष्णासवरण गाउपालिका –०५ वकधुवा र कंचनरुप नगरपालिका वडा नं –०३ गोरपारमा निर्मित २ वटा सामुदायिक भवनहरुको समुदधाटन मन्त्री साहले गरेका हुन्।
सामाजिक विकास मन्त्री तथा सप्तरी १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नवल किशोर साहले अग्निसाईर कृष्णासवरण गाउपालिका वडा नं ०५ कदमलाल चौक वकधुवामा नवनिर्मित भुपेन्द्र स्मृति भवन र कंचनरुप नगरपालिका वडा नं ०३ गोरपारमा नवनिर्मित सामुदायिक भवनको उदधाटन गर्नुहुदै यस
सामुदायिक भवनले समाजमा हुने विभिन्न प्रकारका सार्वजनिक कार्यक्रमहरु गर्न एवं समाजका विभिन्न आयामहरुमा सहयोग पुग्ने वताएका छन।
सम्पन्न उद्घाटन समारोह कार्यक्रममा अग्निसाईर कृष्णासवरण गाउपालिकाका अध्यक्ष दिनानाथ चौधरी,कंचनरुप नगरपालिकाका उपप्रमुख मुना पोखरेल,मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव लगायतका विशिष्ट ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
मधेश प्रदेशका सामाजिक विकास मन्त्री रहदाँ नवल किशोर साहले सप्तरीको विभिन्न पालिकाहरुमा २६० वटाभन्दा अधिक विकास निर्माणका कार्यक्रमहरु संचालन गरिएको मध्ये अधिकांश सम्पन्न भई सकेको छ।