भनिन्छ लोकतान्त्रिक निर्वाचन प्रणाली -पद्धतिमा अनावश्यक रूपमा पैसाको खर्च गर्ने गरिन्छ, सप्तरीमा भर्खरै सम्पन्न शपथ ग्रहण कार्यक्रमहरुले सो कुरा को पुष्टि गरेको छ।
सप्तरीको राजगढ गाउँ पालिकामा नवनिर्वाचितहरु लाई शपथ ग्रहण कार्यक्रम स्थानीय एक विद्यालयको हलमा सम्पन्न गरी राष्ट्रको पैसा जोगाउने यथासक्य प्रयास गरेको थियो भने कतिपय पालिकामा सम्पन्न शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित नेताहरुले आ-आफ्नो शान-मानका लागि लाखौं रकम खर्च गरेका थिए।
राजबिराज नगरपालिका कार्यालयका प्रागंणमा विशाल एवं आकर्षक पण्डालको निर्माण गरि सो पण्डालको मंचमा जिल्ला बाहिरका युवा -युवतीहरु द्वारा कार्यक्रम संचालन गरी समस्त जिल्लावासीको अपमान मात्र गरिएको होईन, नेताहरुले आफूहरु धनमान भएको प्राचुर्यतामा एक रंगिन कार्यक्रमको आयोजना गरी लाखौं रकम अनावश्यक रूपमा खर्च गरिएको छ।
जून नेताहरुले पैसाको माध्यमबाट गरिब, निमुखा, अशिक्षित र असहायहरुको मत प्राप्त गरी पदमा निर्वाचित भई र समान्य कार्यक्रममा लाखौं रुपैयाँ खर्च गरीरहँदा आफ्नो कार्यकाल भरि जनतालाई विकास र सेवा दिने हो कि आफ्नो घर परिवारलाई मेवा दिने हो भन्ने कुरा प्रश्न बनेको छ। अतः यस्ता नेताहरु बाट सचेत हुनु जरुरी छ र कार्यकालभरि खबरदारी गर्ने गर्नु जरुरी छ।
संपादकीय