भूपदेव माली
बैसाख २७ गते/राजबिराज
मधेशका जनताले राजनीतिक रुपमा चेतनशील भइसकेको हुनाले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा युवा उम्मेदवारहरुलाई जिताउने सप्तरीको राजविराज नगरपालिका वडा नम्बर-११ मा जनमत पार्टी बाट वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका युवा नेता सचिदानन्द यादवले बताउनुभयो।
मंगलबार राजबिराज स्थित राजदेवी मन्दिर अगाडि जनमत पार्टी द्वारा आयोजित चुनावी सभामा सहभागी भएका यादवले पत्रकारहरु संग साक्षात्कार हुँदै सो कुरा बताउनु भएको हो।