भूपदेव माली
बैसाख २७ गते/ राजबिराज
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-८ मा नेकपा उम्मेदवारहरुले पहिलो स्थानमा रहने सूर्य चिन्ह बाट वडा नम्बर-८ बाट वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका निवर्तमान वडाध्यक्ष रुन्दीलाल मण्डलले दावी गरेका छन्।
मधेश न्युजका टिम संग साक्षात्कार हुँदै नेता मण्डलले सो दावी गरेका हुन्। वहाँले मैले गत कार्यकालमा गरिएको वडाका विकास कार्यहरु, नेकपा एमालेका साढे दुई वर्षे केपी शर्मा ओली नेतृत्वको सरकारमा भएको अविस्मरणीय विकास कार्य जनताले देखिसकेको हुनाले एमालेका उम्मेदवारहरुलाई जिताउने तर्फ आकर्षित रहेको बताउनुभयो।