भूपदेव माली
बैसाख २७ गते/राजबिराज
नेकपा एमाले सरकारले देश तथा जनतालाई समृद्ध र सुखी गर्ने क्रममा विभिन्न प्रकारका कार्यक्रमहरु एवं दिर्घकालिन योजनाहरू दिएको हुनाले सप्तरीको डाक्नैश्वरी नगरपालिका वडा नम्बर-५ मा आउँदो बैसाख ३० हुने स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई भारी मतले विजयी गराउने एमाले बाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएको शोभानन्द रायले बताउनुभयो।
नगरका वडा नम्बर-५ हठैल टोलमा जुलुस प्रदर्शन गर्ने क्रममा पत्रकारहरुसँग साक्षात्कार हुँदै नेता शोभानन्द रायले सो कुरा बताउनु भएको हो।