ईमधेश न्युज संवाददाता,
काठमाडौं, २२ असोज ।
दशैं तिहार पर्वको बेला बाजाहरूमा बिचौलिया द्वारा हुने कालोबजारी प्रति सरकार सचेत सचेत रहेको नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले बताउनुभयो।
नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन् ।
वहाँले यसप्रकारको कालोबजारी बाट जोगिन उपभोक्ता स्वंय पनि सचेत हुनुपर्ने बताउदै बजार मूल्य नियन्त्रण गर्न, अखाद्य पदार्थको मिसावट रोक्न र म्याद गुज्रेका खाद्य पदार्थ विक्रि वितरण हुनबाट रोक्न बजार अनुगमन नियमित र प्रभावकारी ढँगले हुनुपर्नेमा जोड दिए ।
बजारमा मूल्य बृद्धि, अखाद्य पदार्थको मिसावट र म्याद गुज्रेका खाद्य सामाग्रीहरुको विगविगी रहेको भन्दै मुख्य सचिव अर्यालले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलगायत सबै निकायहरुले नियमित बजार अनुगमनमा ध्यान दिनुपर्ने बताए ।
मुख्यसचिव अर्यालले अधिकार प्राप्त प्रशासनिक जगत् उपभोक्ता हित प्रवर्ध्दनमा कठोर भएर लाग्न निर्देशन समेत दिए ।
मुख्यसचिव अर्यालले बजार मूल्यलाई नियन्त्रण गर्न नेपाल सरकारका निकायहरु जिम्मेवार भएर लागेको जानकारी गराए । उनले भने, ‘साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनी लिमिटेडले बजारमा उपभोग्य सामान विक्रि वितरण गरेको छ । हाल बजारमा रु. १५० पर्ने चीनीलाई सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा रु. ९७ मा उपलब्ध गराएका छौँ ।’
चाडपर्वको समयमा आम उपभोक्तालाई सुपथ मूल्यमा अत्यावश्यक उपभोग्य बस्तु उपलब्ध गराउन जरुरी भएको भन्दै उनले साल्ट टेडिङ्ग कर्पोरेशन र खाद्य व्यवस्था कम्पनीलाई देशभर नै सुपथ मूल्य पसलको पहुँच बनाउन निर्देशन दिएको समेत बताए।
उपभोक्ता स्वयम् सचेत बनेमा उपभोक्ता हित संरक्षण विपरितका गतिविधिमा कमी आउनेमा विश्वस्त हुँदै आफूँ बजारमा नठगिनका लागि सबै उपभोक्तालाई उपभोग्य बस्तुको मूल्य र एक्सपाएर मितिका विषयमा सँधै सचेत रहन सुझाव समेत दिए ।
यसरीनै काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले एक कार्यक्रममा उपत्यका सुरक्षा व्यवस्थालाई चुस्त – दुरुस्त पार्नका लागि सिंगो प्रहरी संगठन सम्वेदनशिल एवं सचेत रहेको बताउनुभयो ।
चाडपर्वको समयमा खासगरी दशैं को अवसरमा यात्रुलाई ओहोरदोहोर गर्ने क्रममा अत्यधिक भाडाको रकम तिरेर यात्रा गर्नु पर्ने जस्ता सुरक्षा सम्वेदनशिलतामा चुनौती रहने भन्दै थापाले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी गराए । चाडपर्वको बेला घर जाने यात्रुहरु ठगिने गरेको भन्दै उनले यात्रुहरुका लागि हेल्प डेस्क राख्ने बताउदै देशभर सुरक्षा कडा गरिएको बताउनुभयो ।