सरकार द्वारा नयाँ सडक बनाउने होडमा पूरानो सडक प्रति लापरवाही
कुनै बेलामा २५ किलोमिटर यात्रा गर्नका लागि पाँचदेखि दश घण्टासम्म लाग्ने गर्दथ्यो ।तर केही दशक अगाडी बाट हाम्रो मुलुकले यातायातमा व्यापक विकासको थाल्नी गर्यो। यतिबेला देशको संगै तराईको प्रायः हरेक पालिका सम्मको यात्रा गर्नका लागि कमबेश सडकको विकास भएको देखिन्छ। कतिपय स्थानहरुमा फोरलेन सडक निर्माण कार्य समेतको कार्य भइरहेको छ, भइसकेका छन् । यद्यपि नयाँ सडक निर्माणको क्रममा पुराना सडकहरू जीर्ण भइसक्दा पनि यसतर्फ कसैको ध्यान छैन, ध्यान गएको देखिँदैन। धेरै स्थानमा पूरानो सडक र पूर्व-पश्चिम राजमार्ग समेत टुटेर खाल्डोमा परिणत भइ सक्दा पनि सरकार तथा सम्बन्धित विभागले सडक मर्मत सम्भार गर्ने तर्फ चासो देखाइएको छैन।
मधेस प्रदेशको सप्तरी जिल्ला अन्तर्गत कंचनरुप नगरपालिका देखी हनुमाननगर कंकालिनी नगरपालिका सम्म धेरै स्थानहरुमा सडक भत्किएर खाल्टो नै खाल्डो भएको देखिन्छ। हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ( भारदह बजारदेखि उत्तरतर्फ )पूर्वपश्चिम लोकमार्गमा वर्षौं देखि सडकमा खाल्टो नै खाल्टो र सो खाल्डोमा पानी भरि रहदां तीन महिना अघिदेखि आरसीसी ढलान कार्य प्रारम्भ भयो तर सरकार तथा ठेकेदारको लापरबाहीले गर्दा हालसम्म सो कार्य पूरा नहुन सक्दा सो निर्माण स्थलमा बाटो संकिर्णको कारणले गर्दा सवारी साधन दुर्घटनामा पर्ने गरेको देखिन् सो सडक निर्माण कार्य स्थलमा निरन्तर दुर्घटना भइरहँदा स्थानीय युवाहरु द्वारा सडक जाम समेत गरिएको समाचार सबैलाई थाहा होला।
पुरानो सडकको मर्मत सम्भार कार्यमा सरकार तथा ठेकेदारको लापरबाहीले गर्दा समयमा सडक सम्भार नहुँदा सवारी साधनमा टुटफुट हुनुको सँगै यात्री तथा पैदल यात्रीले पनि सास्ती भोग्नु परेको हुँदा सडक मर्मत सम्भार कार्य समयमै गराउनुपर्ने तर्फ सम्बन्धित निकायले ध्यान दिनु आवश्यक भएको देखिन्छ।