अशोक झा
राजविराज, ३१ श्रावण । सप्तरीमा शनिवार २२ जना प्रहरी सहित २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राजविराज स्थित गजेन्द्र नारायण संह अस्पतालले सार्वजनिक गरिएको रिपोर्ट अनुसार २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
जिल्लामा सुृरक्षामा खटिएको २२ प्रहरी र राजविराज नगरपालिका वडा नं. ६ मा गत मंगलवार राति मृत्यु भएका पुरुषको पत्नी र डाक्नेश्वरी नगरपालिकाको १ र कंचनरुप नगरपालिकाको ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले मधेश न्यूजलाई जानकारी दिए ।
संक्रमितहरुको अवस्थामा सामान्य रहेको र आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको निमित्त प्रमुख यादवले बताए ।