अशोक झा…
राजविराज, १० भदौं । सप्तरीमा बुधवार २० जना कोरोना संक्रमित भएका छन् ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं. ४ एक जना र हनुमाननगर कंकालिनी नगरपालिकामा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
प्रमुख यादवका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १, १२ , १३ को १९ जना सक्रमणको पुष्टि भएको हो । संक्रमितहरुलाई उपचारका लागि राजविराज स्थित आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको प्रमुख यादवले बताए ।
यसैबीच पछिल्लो २४ घण्टामा देशमा ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३ सय ८५ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५ सय ४ पुगेको छ। १४ हजार ७ सय ३९ जना आइसोलेसनमा रहेका छन्।
जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २ सय ५२ पुगेको छ।