अशोक झा,
राजविराज, ०८ साउन ।
सप्तरीको शिक्षा विकास तथा समन्वय ईकाई राजविराजको प्रमुखमा सरुवा भई आएका विजय कुमार मण्डलले आइतवार पदभार ग्रहण गरेका छन् ।
करिब डेढ वर्ष अघि सोही इकाईबाट सरुवा भई जिल्लाको तिरहुत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुँदै मन्त्रालयमा कामकाज समेत गरेका मण्डल पुनः राजविराजको इकाई प्रमुखको रुपमा हाजिर भएका हुन् ।
पदभार ग्रहणकै समयमा मण्डलललाई शिक्षा क्षेत्रसँग आबद्ध विभिन्न संघ संस्थाले स्वागत समेत गरेका छन् । राष्ट्रिय शिक्षक मंच, नेपाल प्याब्सन सप्तरी तथा नेपाल शिक्षक महासंघले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गर्दै प्रमुख मण्डललाई स्वागत गरेको बताइएको छ ।
कार्यक्रममा राष्ट्रिय शिक्षक मंचका कार्यवाहक अध्यक्ष चुनचुन यादव, नेपाल प्याब्सनका महासचिव शम्भु यादव, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश कुमार यादव, राष्ट्रिय शिक्षक महासंघका नगर अध्यक्ष रामानन्द यादव, नेपाल प्याब्सनको उपाध्यक्ष सुमन कुमार ठाकुर, राष्ट्रिय शिक्षक मंचका सचिव रामदेव साह, शम्भुनाथ नगरपालिकाका शिक्षा संयोजक विदुर विक्रम थापा, महादेबा गाउँपालिकाका स्रोत व्यक्ति देव कुमार यादव सहितका आ–आफ्ना शुभकामना दिएका थिए ।