अशोक झा
गाईघाट, २१ चैत ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा शनिवार चानखा वशंज सभाको छैठौ साधारणसभा सम्पन्न भएको छ ।
त्रियुगा नगरपालिका वडा नं. १ जोगिदहमा चानखा वशंज सभाका अध्यक्ष हरिभक्त चौधरीको अध्यक्ष तथा सोही नगरपालिकाका उपप्रमुख देवी चौधरीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको छ ।
चानखा वशंजको राज्यद्वारा उपेक्षा गरिएको, चानखा वशंजहरु सदैव आपसी भाइचाराका साथ अगाडी बढ्ने र समाज तथा राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान खेल्दै आएको प्रमुख अतिथी चौधरीले बताइन् ।
कार्यक्रममा थारु समुदायको विभिन्न वंशको अध्यक्ष तथा प्रतिनिधिको साथै लालबाबु चौधरी, महावीर चौधरी, देव नारायण चौधरी, देबानन्द चौधरी सहितका व्यक्तिहरुको उपस्थिति थियो ।
सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङ्ग र झापा सहिका जिल्लाबाट कार्यक्रममा चानखा वशंज समाजका प्रतिनिधिहरु सहभागी भएका थिए । सभाका सचिव सत्य नारायण चौधरीले कार्यक्रम संचालन गरेका थिए ।
सोही कार्यक्रममा मार्फत चानखा वंशज सभाको तेसर संस्करणको पुस्तक समेत विमोचन गरिएको छ।