अशोक झा,
राजविराज, २१ असोज ।
नेपाल यादव सेवा समितिले शुक्रवार सप्रती सदरमुकाम राजविराजमा स्वजातिय छात्र–छात्राहरुलाई सम्मान गरेको छ ।
राजविराज नगरपालिका वडा नं. ९ स्थित राधाकृष्ण मन्दिरको धर्मशालामा आयोजित एक कार्यक्रममा मार्फत यादव समुदायका २० जना छात्र–छात्राहरुलाई सम्मान गरेको हो ।
मुसहरु यादवको अध्यक्षता तथा सह प्राध्यापक महेश्वर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम मार्फत सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्तीर्ण अवधेश चन्द यादव, अर्जुन कुमार यादव, रुपेश कुमार यादव, सेन्टस कुमार यादव, शंकर कुमार यादव, रौनक कुमार यादव, सुभेक्षा यादव, मनिषा यादव, हिमानी यादव, कुसुम यादवलाई सम्मान गरिएको छ ,
त्यस्तै संस्थागत विद्यालय तर्फबाट अरिक कुमार यादव, अभिषेक कुमार यादव, प्रवीण यादव, रुपक कुमार सुनरैत, अजित कुमार यादव, मानसि कुमारी यादव, मानसी कुमारी, नेहा यादव, ज्योति यादवलाई सम्मान गरिएको हो ।
सोही कार्यक्रम मार्फत देव नारायण यादव (कटैया)द्वारा स्थापित रामकृष्ण यादव स्मृति खेलकुद पुरस्कारबाट भारत्तोलन खेलाडी अन्जली यादवलाई नगद पाँच हजारले सम्मान गरिएको बताइएको छ ।
कार्यक्रममा राजविराज नगरपालिकाका निलम्बित नगर प्रमुख भिमराज यादव, चित नारायण यादव, घोषिण यादव उत्थान मंचका अध्यक्ष सोभित पघैया यादव, बालेश्वर प्रसाद यादव, प्रयाग लाल यादव, दिनेश कुमार यादव, लिलाकान्त यादव, पत्रकारहर अशोक झा, दिनानाथ यादव सहितको उपस्थिति रहेको थियो ।