अशोक झा
राजविराज, ०४ भदौं ।
दुर्घटनाबाट घाइते भएकी एकजना महिलाको उपचारको क्रममा शुक्रवार मृत्यु भएको छ ।
राजविराज नगरपालिका वडा नं. ९ मलेठ निवासी विजय मेहताकी श्रीमती अनुराधा मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ जोगिनियाँमा प्रदेश २–०१–००१ प.७६२ नम्बरको मोटरसाइकल साउन २७ गते अनियन्त्रित भई भएको दुर्घंटनामा उनी घाइते भएकी थिइन् ।
दुर्घटनामा पश्चात उनलाई तत्कालै राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो र सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको शव पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा दिई घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।