अशोक झा
राजविराज, ०४ भदौं ।
कृष्णाजन्माष्टमीको अवसरमा राजविराजमा रथ यात्रा निकालिएको छ ।
सप्तरीको सदरमुकाम राजविराजले यादव सेवा समिति सप्तरीले प्रत्येक वर्ष निकाल्दै आएको झाँकी सहितको रथ यात्रा यस वर्ष पनि धुमधामका साथ निकालिएको हो ।
राजविराज नगरपालिका वडा नं. ९ स्थित राधाकृष्ण मन्दिरको प्राङ्गणबाट निकालिएको रथ यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सोही मन्दिरमा गएर बिसर्जन भएको थियो । रथ यात्रा सयौंको संख्यामा भक्तजनहरुको सहभागी रहेको थियो ।