अशोक झा,
राजविराज, २१ पौष ।
सप्तरीको राजविराज स्थित रहेका राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डम्बर नारायण यादव चयन भएका छन् ।
लामो समयको अन्तराल पश्चात गठन भएका समितिका अध्यक्ष डम्बरलाई चयन गरिएको हो ।
त्यसैगरी सोही समितिका प्रत्यक्ष तर्फ संजिला यादव, प्रमिला साह र कारी यादव सदस्यमा चयन भएका छन् भने मनोनित सदस्यमा शिवराज यादव र सियावती यादवलाई चयन गरिएको छ ।
९ सदस्यीय गठन भएको सो समितिमा १ जना अध्यक्ष, ३ जना प्रत्यक्ष तर्फ र २ जना मनोनित सदस्य तथा १ जना शिक्षक प्रतिनिधि, १ जना वडा अध्यक्ष र १ जना प्रधानाध्यापक सदस्य रहने कानुनी प्रावधान छ ।