अशोक झा
राजविराज, १९ चैत ।
करिब दुई महिनादेखि कोरोनामुक्त रहेको सप्तरीमा पुनः बिहीवार कोरोना संक्रमित व्यक्ति फेला परेको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा दुई जना शंकास्पदको स्वाब परीक्षण गर्दा राजविराज नगरपालिका वडा नं. २ राजदेवी टोल बस्ने २१ वर्षिय एक युवकमा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । संक्रमित युवकलाई होम आइसोलेशनमा राखेर चिकित्सकको निगरानीमा उपचार भई रहेको प्रमुख यादवले बताए ।
दुई महिनादेखि कोरोना मुक्त रहेको सप्तरी सदरमुकाम राजविराज पुनः कोरोनाको कारण त्रसित भएका छन् ।