अशाेक झा राजविराज २ कार्तिक । सप्तरी सदरमुकाम राजविराज स्थित सरकारी वकिलकाे कार्यालय जलमग्न भएका छन् । लगातार दुई दिन देखि भई रहेकाे वर्षाका कारण सदरमुकाम राजविराजका अधिकाँश कार्यालयहरूमा पानी पसेकाे छ । सरकारी वकिल कार्यालय, कृषि ज्ञान केन्द्र, खानेपानी, अनुप दास धर्मशाला, मालपाेत कार्यालय सहितका कार्यालय डुबानमा परेकाे छ ।