अशोक झा राजविराज, ३१ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सोमवार सप्तरी भ्रमणमा आउदै छन् । सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित अध्यक्ष यादव आफ्नै निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ताहरुसँग भेटघाट तथा छलफलमा १ गतेदेखि ५ गतेसम्म व्यस्त रहने पार्टी स्रोतले जनाएको छ । अध्यक्ष यादवले पार्टीका भावी नीति तथा कार्यक्रम, पार्टीका संगठनवारे बृहत छलफल तथा कार्यकर्ताका भावना बुझ्न र निर्वाचन क्षेत्रका यावत समस्याहरुलाई निरिक्षण तथा अवलोकन गरी समाधानहरुको निकासको लागि छलफल गर्ने जानकारी जसपाका केन्द्रिय सदस्य अमरनाथ मण्डलले जानकारी दिएका छन् । आफ्नो संसदीय क्षेत्रमा विकास गतिविधिहरु तथा विभिन्न किसिमका निर्माण कार्यहरुको संचालनमा बृहत सक्रियताको साथ लिने उद्देश्यले आफ्नो क्षेत्रमा पाँचदिनसम्म निरन्तर भ्रमणको लागि अध्यक्ष यादव आउने कुरा केन्द्रिय सदस्य मण्डलले बताए ।