अशोक झा राजविराज, ३१ असोज । सप्तरीको बोदेबर्साइनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको भव्य स्वागत गरिएको छ । विजयादशमीको अवसर पारेर “शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम”मा सहभागी भएका मन्त्री यादवलाई हजारौंको संख्यामा उपस्थित सर्वसाधारण र नेता तथा कार्यकर्ताहरुले स्वागत गर्दै सम्मान गरेका हुन् । जनता समाजवादी पार्टीका बोदेबर्साइन गरपालिका अध्यक्ष अरुण यादवको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सभा सांसद मृगेन्द्र कुमार सिंह यादवको विशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रदेश सभा सदस्य अभिषेक यादव, जसपाका केन्द्रिय सदस्यहरु अनिरुद्ध प्रसाद सिंह यादव, शैलेन्द्र मोहन झा, अशोक कुमार यादव, बोदेबर्साइन गरपालिकाका प्रमुख आतेश सिंह यादव, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।