अशोक झा, राजविराज, २३ असोज । सप्तरीमा अपाङ्गताको हकहितका लागि सक्रिय रहेको संघसंस्थाहरुले शनिवार एकत्रित भई शुभकामना आदान प्रदान गरेको छ । हिन्दुहरुको महान पर्व विजयादशमीको अवसर पारेर समावेशी अपाङ्ग संघको कार्यालयमा शुभकामना कार्यक्रम सम्पन्न भएको हो । समावेशी अपाङ्ग संघ, बौधिक अपाङ्गता अभिभावक संघ, अपाङ्ग पुर्नस्थपना केन्द्र, सगरमाथा अपाङ्ग कल्याण संघ, सप्तरी बहिरा संघ लगायत ८ वटा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता समावेशी अपाङ्ग संघका अध्यक्ष सतिष चन्द्र झाले गरेका थिए भन राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय महासचिव राजु बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बस्नेतले राज्य समेतले अपाङ्गता भएकाहरुसँग विभेद गरी रहेको भन्दै महासंघले समय समयमा राज्यलाई सचेत गराउदै आएको बताए । राज्यले जारी गरेको अपाङ्गता प्रकारको परिचयपत्र अपाङ्गताको हितको लागि नभई राज्यले आफ्नो कार्य सहजताका लागि मात्रै वितरण गरेको बताए । कार्यक्रमममा बौधिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदश अर्याल, अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष शिव प्रसाद यादव, सगरमाथा अपाङ्ग कल्याण संघका उपाध्यक्ष उमेश कुमार चौधरी, सप्तरी दुष्टिविहिन अपाङ्ग संघका अध्यक्ष चन्द्र शेखर झा, सह निर्देशक श्रृती झा, प्रदेश सदस्य आरती साह, पत्रकारद्वय अशोक झा, चन्दन यादवको उपस्थिति थियो भने कार्यक्रम संचालन रामचन्द्र यादवले गरेका थिए ।