अशोक झा
राजविराज, १३ असोज ।
नेकपा एमाले त्याग गर्दै सयौंं नेता तथा कार्यकर्ता बुधवार जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका एमालेका सयौं नेता कार्यकर्ताहरु एमाले पार्टी परित्याग गरि जसपामा प्रबेश गरेका हुन।
सप्तकोसी नगरपालिका वडा नं ९ का एमाले वडा कमिटी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेको बताइएको छ । ।नवप्रबेशीहरुलाई जसपा कार्यकारिणी सदस्य एवं सामाजिक विकास मन्त्री नवलकिशोर साहले फुलमाला लगाई स्वागत गरेका छन्। जसपा सप्तकोसी नगरपालिका प्रमुख रामकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेता श्याम यादव,सुरेन्द्र यादव, चितरन्जन यादव, शम्भु चौधरी लगायतका उपस्थिति रहेको थियो ।