अशोक झा, राजविराज, १० असोज । गाँजा तस्करीका आरोपीत फरार रहेका जनमत पार्टीका नेता महेश प्रसाद यादव पक्राउ परेका छन् । सप्तरी जिल्लाका हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ८ योगिनियाँ बस्ने जनमत पार्टीका नेता महेश प्रसाद यादव गाँजा तस्करीको आरोपमा पक्राउ परेका हुन् । गाँजा तस्करीको आरोप पश्चात सप्तरी जिल्ला अदालतले १ वर्ष ३ महिनाको कैद सजाय सहित नगद १० हजारको जरिवाना पाए पगत्तै फरार रहेका यादवलाई प्रहरीले शनिवार उनकै गाउँबाट पक्राउ गरेको बताइएको छ । शनिवार हनुमानगर कंकालिनी नगरपालिका स्थित महावीर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम उपस्थित भएका यादवलाई कार्यक्रम समापन पश्चात योगिनियाँबाट पक्राउ गरिएको स्रोतले जनाएको छ । पक्राउ गरे पश्चात यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरका सई गोकुल बलायरले बताएका छन् ।

Enter