अशोक झा,
राजविराज, ०९ असोज । सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित एक कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले संचारकर्मीहरुलाई सम्मानीत गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. ८ स्थित रहेको गणेशमा मन्दिरमा आयोजित एक कार्यक्रम मार्फत मन्त्री साहले सम्मानीत गरेका हुन् ।
प्रमुख अतिथीको आसनबाट मन्त्री साहले संचारकर्मीहरु मधेश न्यूजकर्मी अशोक कुमार झा, पत्रकारहरु अवधेश झा, जितेन्द्र झा जितु, मनोहर पोखरेललाई सम्मान गरेका छन् ।
सोही कार्यक्रममा मन्त्री साहले मन्दिरको विकासको लागि प्रदेश सरकार र व्यक्तिगत रुपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं. ६ स्थित रहेको गणेश मन्दिरको धर्मशाला निर्माणका लागि सहयोग गर्ने दाताहरुको नामावली सार्वजनिकीकरण कार्यक्रम उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । हिन्दु धर्म सनातन रहेको कारण प्रत्येक हिन्दुलाई कम्तिमा हप्ता एक दिन मन्दिर आएर नतमस्तक हुन आग्रह गर्दै मन्त्री साहले नतमस्तकले मनको विकार दुर हुने विचार समेत राखे ।
वडाअध्यक्ष प्रेम कुमार यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा मन्दिरमा चन्दा दिएका दाताहरु शैलेन्द्र चन्द्र झा (बुधन), शैलेन्द्र मोहन झा, हित नारायण लाल दास, मोकेन्द्र कुमार यादव, ई. अरुण कुमार मिश्र सहित दजनौं व्यक्तिहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।