अशोक झा,
राजविराज, ०२ असोजं ।
“छोरी शिक्षित भएर घरनै शिक्षित हुने” सामाजिक विकास मन्त्री नबल किशोर साह रामबाबुले बताएका छन् ।
सप्तरीको बरमझियामा शनिवार कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गर्दै उनले यस्तो बताएका हुन् ।
कंचनरुप नगरपालिकाका वडा नं. ३ का वडाअध्यक्ष सत्य नारायण साहको अध्यक्षताको आयोजित साइकल तथा ट्राई साइकल वितरण कार्यक्रममा मन्त्री साहले भने– “छोरी नभए संसार चल्न सक्दैन, छोरी जगत जननी हुन, छोरी बिनाको जिवन कल्पना पनि गर्न सकिदैन ।” समाजका छोरा–छोरीबीचको भेदभावका कारण छोरी शैक्षित क्षेत्र देखि अन्य अन्य क्षेत्रमा पछाडी परि रहेको प्रति दुःख व्यक्त गर्दै मन्त्री साहले अगामी दिनमा यसमा सुधार हुने विश्वास समेत व्यक्त गरे ।
छोरी पछाडी पर्नुको मुख्य कारण आमा नै रहेको तथ्यलाई उजागर गर्दै मन्त्री साहले छोरालाई निजी विद्यालय, छोरीलाई सामुदायिक विद्यालय, छोरालाई भात, दाल, तरकारी र छोरीलाई बासी भात समेत दिएर यस्तो चरित्र त्याग्न सबैलाई आग्रह समेत गरे ।
सोही कार्यक्रममा राष्ट्रिय शिक्षक मंचका राष्ट्रिय उपाध्यक्ष दिनेश कुमार यादवले घरकै द्वेष व्यवहारकै कारण समाजमा छोरी पछाडी परिरहेको बताए । समाजमा छोरा–छोरीबीच एकरुपता कायम भयो भने पक्कै पनि छोरीहरु पनि अगाडी बढ्ने विश्वास व्यक्त गर्दै पाएको साइकललाई सदुपयोग गर्ने छात्राहरुलाई उनले आग्रह गरे । साइकल लोहाको भए पनि यसमा लहु जस्तो भावना जुटेको भन्दै साइकललाई समान्य रुपमा नलिन उनले आग्रह गर्दै दुर दराजका छात्राहरुलाई विद्यालयसम्म पुग्न सहयोग हुने विश्वास समेत उनले बताए ।
कार्यक्रममा आधारभुत विद्यालयका ३० जना छात्रालाई साइकल तथा १८ जना अपाङ्गता व्यक्तिहरुलाई ट्राई साइकल प्रदान गरिएको थियो ।
कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, उप प्रमुख निरु पाखेरेल, स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, जसका नेताहरु सुगम्बर यादव, थापा यादव, राम चन्दर यादव, विकास साह सहितका वक्ताहरुले आ–आफ्ना विचार राखेका थिए ।
त्यसैगरी कंचनरुप नगरपालिका वडा नं. १० स्थित बदगामा वडाअध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री साहले ७ जना छात्राहरुलाई साइकल प्रदान गरेको छ भने ८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ट्राइसाइकल प्रदान गरिएको छ ।
त्यसैगरी कृष्णासबरन गाउँपालिका वडा नं. १ घोघिदाहा स्थित जनचेतना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री साहले १८ जना छात्राहरुलाई साइकल प्रदान गरेका छन् भने १५ जना अपाङ्गता व्यक्तिहरुलाई ट्राईसाइकल प्रदान गरेको छ ।
छात्राहरुलाई विद्यालय सम्म पुग्न तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्नो दैनिक कामकाज सहजता पुगोस मुख्य उद्देश्यका साथ साइकल तथा ट्राई साइकल वितरण गरेको मन्त्री साहले बताए ।