अशोक झा
राजविराज, १९ भाद्र ।
सप्तरीमा प्रमुख जिल्ला अधिकारीको रुपमा जनार्दन गौतम आउने भएका छन् ।
अध्यागमनमा कार्यरत गौत्तमलाई सप्तरीको प्रजिअको रुपमा पठाउन लागेको गृहमन्त्रालयले जनाएको छ ।
यस अघि सप्तरीमा करिब दुई महिना अगाडी प्रजिअ भएर आएका जय नारायण आचार्यलाई सरुवा गरी गृहमन्त्रालय पठाइएको छ । प्रजिअ आचार्यले दुई महिनामै जनमानसमा स्वच्छ छबि र उच्च विचार व्यक्तित्वको रुपमा आफुलाई चिनाउन सफल भएका थिए । प्रजिअ आचार्यको सरुवा प्रति स्थानीयबासीहरु आश्चर्य व्यक्त गरेका समेत गरेका छन् ।