अशोक झा, राजविराज, १४ भदौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले राजबिराजमा जिल्ला समितिको कार्यालय उदघाटन तथा पार्टी झन्डोत्तोलन गरेको छ । सोमवार एक कार्यक्रम बिच राजबिराज वडा ३ स्थित कर परामर्श को कार्यालाय अगाडि जिल्ला कार्य समितिको कार्यालय संचालन सँगै पार्टीको झण्डोत्तोलन गरेको हो । सो अवसरमा राष्ट्रिय सभा सदस्य तथा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्य शेखर कुमार सिँह तथा संघिय संसद तथा कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरी लगायतले सामुहिक झन्डोत्तोलन गरेका छन् । उक्त अवसरमा राष्ट्रिय सभा सदस्य शेखर कुमार सिँहले लोजपाले उत्पीडित, उपेक्षित र सीमान्तकृत जनसमुदायको उत्थान र विभेद उन्मुक्तिको अभियानमा कुनै पनि नेता तथा कार्यकर्तालाई बिचलि नभई अभियानमा एकजुट हुन अपिल गर्दै मधेसी, जनजाति र विभेद वर्गको उन्थानका लागि प्रतिबद्ध रहेको बताए । यसैगरी संघिय संसद तथा कार्यकारणी समिति सदस्य चन्द्रकान्त चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीले आदर्श र मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम, दलित, खस लगायत सिमान्तिकरणमा सबैको उत्थान र विभेद र उन्मुक्तिको अभियानमा एकजुट हुन आग्रह गरेको छ । उनले भने लोसपा पार्टि बिराएका लाई सही बाटोमा आउन आग्रह गर्दछु, कुनै पनि नेता तथा कार्यकर्तालाई प्रलोभन मा नपर्न परी पार्टि फर्कन नेता चौधरी ले आग्रह गरे। पुर्व नगर प्रमुख शैलेश चौधरीले लोकतन्त्र र समाजवादी लोक कल्याणकारी संघीय, समावेशी राज्यपूर्ण प्रतिबद्धता संगै लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण, सम्मानित, उत्पीडित सबै क्षेत्र र वर्गको राज्य व्यवस्था प्राप्त हुने बिश्वास ब्यक्त गरे। सो अवसरमा लोसपा का नेता तथा जिसस प्रमुख प्रभाकर यादब, लोजपा नेता जयप्रकाश ठाकुर, तिलाठीकोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, छिनमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, पार्टी नेता दिनेश यादब, गजेन्द्र मण्डल, सुनिल झा, अमरनाथ मण्डल, रामप्रित यादब, रूपनी वडा १ अध्यक्ष पिताम्वर यादब, दिपेन्द्र चौधरी, जागेश्वर राय, जिसस सदस्य लक्ष्मी साफी, युवा नेता रमानन्द यादब, बिदियान्नद चौधरी, सफिद मन्सुरी लगायतले पार्टीको अभियान सँगै सफलता र प्रगतिशील अभियान का लागि एक जुट हुन आग्रह गरिएको छ ।