अशोक झा
राजविराज, १४ भदौं ।
सप्तरीको रम्पुरा मल्हनियाँमा नव निर्मित मन्दिरमा सोमवार एक कार्यक्रमबीच बाबा गणिनाथको मुर्तिको स्थापना गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ साहजी टोलमा निर्मित मन्दिरमा बाबा गणिनाथको मुर्तिको स्थापना गर्दै प्राण प्रतिष्ठा दिइएको हो ।
वडा कार्यालयको बजेटबाट करिब ५ लाखको लागतमा निर्मित सो मन्दिरमा वडाअध्यक्ष सत्यनाराण यादवले करिब १ लाख ६५ हजारको निजि लागतमा मुर्तिको स्थापना गराएका छन् । करिब २ लाखको खर्च गरेर मुर्ति स्थापना भएको वडाअध्यक्ष यादवले बताए ।
स्थानीय इश्वरदेव साहको छोरा दमोदर साह र वडाअध्यक्ष यादवले संयुक्त रुपमा दान गरेको १ कठ्ठा जग्गामा निर्मित सो मन्दिरको पछाडी पट्टी सामुदायिक भवनको निर्माँण समेत गरिएको छ ।
सो कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नबल किशोर साह, सहदेब साह, बेचु साह, दामोदर साह, कर्मीदेवी साह, अखिलेश दास बाबा, जहर साह, शिवनन्दन साह, बमभोली साह, जगदीश साह, शिवनन्दन साह, चन्देश्वर साह, भोला साह, जगरनाथ साह, बाबा गरभु साहलगायतको उपस्थिति थियो ।