ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ०५ भाद्र ।
सप्तरीको भारदह र पोर्ताहामा लगातार दास्रो हप्ता शनिवार सरसफाई गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ र ३ भारदह र पोर्ताहा स्थित गोलम्बर क्षेत्रमा सरसफाइ गरिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयको आयोजनामा “स्वच्छ नगर, सफा नगर हाम्रो चाहना” मुल नारा सहित सरसफाई गरिएको छ ।
कार्यक्रममा नगर प्रहरीका प्रहरी जवानहरु, इलाका प्रहरी कार्यालय भारदहका प्रहरी जवान, सशस्त्र प्रहरी, स्थानीयबुद्धिवीहरु जय सुन्दर यादव, मनोज यादव, रंजित झा, नगरपालिकाको कार्यपालिका सदस्य जिनाकान्त नायक, वडाअध्यक्ष विजय यादव सहितका व्यक्तिहरुको उपस्थिति थियो ।