अशोक झा,
राजविराज, १५ असार ।
मंगलवार असार १५ गते धान दिवसको अवसर पारेर तराईका किसानहरुले आ–आप्mना खेतमा धान रोपेका छनभने सप्तरी का केही युवाहरुले सडकमै धान रोपेका छन् ।
सप्तरीको कठौना पातो सडक खण्ड जिर्ण भएको हुदाँ समान्य वर्षामा पनि हिलो हिलो हुने हुदा सो क्षेत्रका स्थानिय यूवाहरुले आक्रोसित भई सरकारको विरोध स्वरुप सडक मै धान रोपाई गरेका हुन्र ।
सो सडक खण्ड डाक्नेश्वरी नपा अन्तर्गत पर्ने भएपनि स्थानिय जन प्र्रतिनिधहरु मौन रहेका छन् । झण्डै दुई दशकसम्म जनप्रतिनिधिविहिन रहेका कारण अस्तव्यस्त हुन पुगेको डाक्नेश्वरी नगरपालिकाले जनप्रतिनिधि पाएको चार वर्ष वितिसक्दा समेत कोल्टे फेर्न नसकेको भन्दै सर्वत्र गुनासो भइरहेको छ ।
नगरका अधिकाँश वडाका सडकहरु ग्राभेल समेत नहुँदा सर्वसाधारणहरु अहिले हिलाम्य र सुखायाममा धुलाम्यको मार खेप्दै हिँड्न बाध्य छन् । यद्यपी, त्यस्ता सडकहरु बनाउन सम्बन्धित निकायले आँखा चिम्लेका छन् ।
सडक बन्न नसक्दा अहिले नगरका धेरै जसो सडकहरु हिलाम्य रहदा सर्वसाधारणलाई समस्या भइरहेको बेला सो नगरपालिकाका वडा नं. १ स्थित अमरलत्ती चौकमा स्थानीयहरुले सडकमा बाँस लगाएर आवतजावत गरेको छन् भने सडकमै धान समेत रोपेका छन् ।
सोही वडामा सोमवार मात्रै एकजना विरामी परेको बेला बाहिरबाट गएको एम्बुलेन्स समेत रित्तै फर्के पश्चात स्थानीय युवाहरुको एक समूहले बाटो बन्द गरेको स्थानीय बरुण साहले बताएका छन् ।
यस सम्बन्धमा डाक्नेश्वरीका नगर प्रमुख शिव नारायण साहलाई सम्पर्क गर्दा उनले सडकको अवस्था जर्जर रहेको स्वीकार गर्दै यसमा आफुले केही गर्न नसक्ने बताएका छन् । आफु पनि सो क्षेत्रमा सोमवार काम विशेषले गएको तर गन्तव्य सम्म नपुगेर फर्किन बाध्य भएको बताए ।