अशोक झा, राजविराज, ०९ जेठ । सोमवार देखि बजार क्षेत्रमा दुई घण्टाका लागि खाद्यान्न पसल संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतवार सुचना जारी गर्दैै सोमवारबाट प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल संचालन गर्न निर्देशन दिएको छ । पसल संचालनका बेला पसलले कोरोना प्रोटोकलको पालना गर्नु पर्ने आवश्यक रहेको र बजार क्षेत्रमा फुटपाथमा कुनै पनि पसल संचालन नगर्न समेत निर्देशन दिएको छ ।