ईमधेश न्यूज सम्बादाता राजविराज, ०९ जेठ । सप्तरीमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालाबाट ३१ जना र एन्टिजेन परिक्षणबाट १० जना गरी कुल ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । जसमा १ जना मोरङ र १ जना कैलाली जिल्लाको रहेका छन् । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट उनीहरुमा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । प्रमुख यादवका अनुसार आइतवार आएको परीक्षणको परिणाम अनुसार सबभन्दा बढी कंचनरुप नगरपालिकामा संक्रमित देखिएको छ । कंचनरुप नगरपालिकामा १४ जनामा संक्रमण देखिएको उनले बताए । त्यस्तै राजविराज नगरपालिकाका वडा नं. २ का २ जना र वडा नं. ३ का ७ जनामा संक्रमण देखिएको छ भने महदेबा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा २÷२ जना र तिरहुत गाउँपालिका, विष्णुपुर गाउँपालिका, बोदेबर्साइन नगरपालिकामा १÷१ जनामा संक्रमण देखिएको उनले बताए । सप्तरीमा पछिल्लो२४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप दुई जना महिलाको मृत्यु भएको छ । पछिल्लो पटक सप्तरीको बोदे बरसाईन नगरपालिका र महादेवा गाउँपालिकाका १–१ जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन। प्रमुख यादवका अनुसार जिल्लाकाे बोदे बरसाइन नगरपालिका वडा न.८ की ४७ वर्षीया र महादेवा गाउपालिका वडा न.–२ की ६० वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हाे । जेठ ७ गते संक्रमण पुष्टि भएको ४७ वर्षीयाको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा हिजो मृत्यु भएको छ भने जेठ ७ गते नै संक्रमण पुष्टि भएर ८ गते उपचारको लागि नोबेल अस्पताल विराटनगरमा भर्ना गरिएकी ६० वर्षीयाको आज सोही अस्पतालमा मृत्यु भएको निमित्त प्रमुख यादवले बताएका छन। योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) संक्रमणबाट हालसम्म ४८ जनाको मृत्य भएको छ।