अशोक झा, राजविराज, ०९ जेठ । कोरोना महामारीको कारण जीवन यापन गर्न कठिनाई भई रहेका पाँच जना बालबालिकालाई एकजनाले राहत प्रदान गरेको छ । राजविराज नगरपालिका वडा नं. ६ निवासी युवक प्रेम सोनीले आफ्ना जन्मदिनको अवसरमा तीन जना अनाथ बालबालिका र २ जना गरिब बालबालिकालाई राहत स्वरुप नगद १÷१ हजारका दरले जम्मा पाँच हजार प्रदान गरेका छन् । जन्मदिनको अवसरका अनावश्यक पार्टी, भोजभतेर गर्नुको सट्टा जीवनयापन गर्नमा कठिनाई भई रहेको बालबालिकालाई सहयोग गरेकोमा आफुलाई खुशी लागेको युवक सोनीले बताए । उनले आफुजस्तै अरुलाई पनि अनावश्यक खर्च नगरी कुनै खुशीको अवसरमा निसायलाई सहयोग गर्नु आग्रह समेत गरेका छन् । राहत प्रदान गर्ने अवसरमा समाजसेवा तथा महिला नेतृ रमिला साह र सामुदायिक प्रहरी सेवा मंचका सचिव संजय शर्मा लगायतको उपस्थिति थियो ।