अशोक झा
राजविराज, ०५ जेठ । कोरोना महामारीको बीच उपचारमा समस्या खेपिरहेका राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई लाखौंको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
सामाजिक सेवामा सक्रिय सेभ द सप्तरीले सेभ द चिल्ड्रेनको सहयोगमा कोरोना भाइरसबाट संक्रमित भएका तथा उपचारमा संलग्न चिकित्सहरुको सुरक्षाको लागि १८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
सेभ द सप्तरीका अध्यक्ष धु्रव देवले बुधवार अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रंजित झालाई प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेल, एसपी राजेन्द्र धमला तथा सेना प्रमुख सहित पत्रकारको रोहबरमा हन्तारन्तरण गरेको बताइएको छ ।
अस्पतालका अनुसार गम बुट १० थान, ग्लोब २० थान, सेनिटाइजर ६० थान, डिसइन्फेक्शन ५ लिटरको ३५ थान, सर्जिकल ग्लोब ९ सय थान, सर्जिकल मास्क २ हजार थान, फेसशिड १ सय थान, स्प्रे कन्टेनर २० थान, पिपिई सेट ४० थान, भिटिएम ५ सय थान सहितका सामग्री रहेको छ ।