अशोक झा
राजविराज, १९ बैशाख । सप्तरी सदरमुकाम राजविराज स्थित रहेका गजेन्द्र नारायण सिंह अस्पतालको परिसरमा २५ शैय्याको कोभिड अस्पताल संचालन भएको छ ।
कोरोना महामारीको मध्यनजर गर्दै अस्पतालमा अत्याधुनिक सुविधासहितको २५ शैय्याको कोभिड–१९ अस्पताल सञ्चालन भएको हो । संक्रमितको उपचारको लागि अस्पतालको परिसर भित्रै हाइ डिपेन्डेन्सी युनिट कक्षको निर्माण गर्दै अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रंजीत कुमार झाले जानकारी दिए। जेनेरल एचडीयुमा १४, आइसीयुमा सात र भेन्टिलेटरमा चार वटा बेडको व्यवस्थापन गरिएको उनले बताए ।
कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि अहिलेसम्म शून्य बजेट रहेको भए पनि अन्य शीर्षकबाट बजेट रकम रकमान्तरण गरेर आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गरिएको डा. झाको भनाई छ ।
आइतवार मात्रै सप्तरीमा जम्मा १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।